काठमाण्डौ । सायदी अरबका वित्तमन्त्री मोहम्मद अल जदानले कोरोनाभाइरसका कारण देशको अर्थव्यवस्था संकटमा परेको बताएका छन्। उनले यो संकटसँग लड्नका लागि निकै कठोर फैसला लिनुपर्ने अवस्था आएको जानकारी दिएका छन्।

अल अरबिया टीभीसँगको अन्तर्वार्तामा वित्तमन्त्री अल जदानले यसका लागि साउदी सरकारले बजेट खर्चमा भारी कटौती गर्ने बताए। ‘कोरोनाको असर यो वर्ष दोस्रो त्रैमासको अर्थव्यवस्थामा स्पष्ट रुपमा देखिनेछ’, उनले भने, ‘साउदको वित्त मामिलाहरुमा टाइट गरिनेछ ता कि सबै कुरा अझै अनुशासित होस्।’

वित्तमन्त्री अल जदानले मुलुकभित्रका मेगा प्रोजेक्टका खर्चमा कटौती गरिने बताए। विश्वको सबैभन्दा ठूलो तेल निर्यातक देश साउद अबर ऐतिहासिक रुपमा तेलको कम मूल्यका कारण संकटमा परेको हो। 

मार्चमा साउदी अबको विदेशी सम्पत्तिमा ४६४ अर्ब डलरको गिरावट आएको छ। साउदी अबरको केन्द्रीय बैंकले विदेशी मुद्रा भण्डारमा आएको यो गिरावट पछिल्लो २० वर्षयताकै सबैभन्दा बढी हो। यसअघि सन् २०११ पनि यो सबैभन्दा तल्लोस्तरमा थियो।

तेलको मूल्यमा आएको गिरावटपछि पहिलो त्रैमासमा ९ अर्ब डलरको बजेट घाटा साउदीले व्यहोरेको थियो। यो वर्षको सुरुआतमा तेलको मूल्य ६० डलर प्रतिब्यारल रहेकोमा अहिले २० डलर प्रतिव्यारलमा झरेको छ। 

वित्तमन्त्री जदानले गत महिना भनेका थि कि साउदी अरबले यो वर्ष २६ लाख डलर कर्जा लिन सक्छ ता कि विदेशी मुद्रा भण्डारको सन्तुलन कायम राख्न सकियोस्। – एजेन्सी