काठमाण्डौ । पूल परीक्षण अर्थात् एकभन्दा धेरै स्याम्पल एकैसाथ लिएर परीक्षण गर्नुु र कोरोनाभाइरस संक्रमण पत्ता लगाउनुु ।
पूल परीक्षणको प्रयोग कम संक्रमण भएको इलाकामा हुुन्छ । जहाँ संक्रमणको धेरै मामला हुुन्छ, त्यहाँ अलग अलग जाँच गरिन्छ ।
आईसीएमआरको दिशानिर्देशन अनुसार अधिकतम ५ जनाको एकैसाथ पूूल परीक्षण गर्न सकिन्छ । केही ल्याब तीन स्याम्पल लिएर पनि परीक्षण गरिरहेका छन् ।
पूल परीक्षणका लागि पहिले मानिसको गला वा नाकबाट स्वाबको स्याम्पल लिइन्छ, त्यसपछि त्यसको परीक्षणका मद्धतले कोभिड १९ को वर्तमान अवस्थाबारे पत्ता लगाइन्छ ।
पीजीआइएमएस रोहतकमा माइक्रोबायोलोजी ल्याबका इञ्चार्ज परमजीत गिल पूूल परीक्षणका लागि ३ स्याम्पल प्रयोग गरिरहेका छन् । यसको नतिजा राम्रो र कडा छ।
धेरै स्याम्पल लिइएको भाइरसको पकडमा आउन थोरै कठिनाइ हुुन्छ, यद्यपि आईसीएमआरले ५ स्याम्पल लिने अनुुमति दिएको छ र यसका लागि सबै स्याम्पल समान मात्रामा प्रयोग हुुन्छ ।
डाक्टर परमजीत गिल भन्छन्–‘तीन जनाको स्याम्पल लिएपछि तिनीहरुलाई मिलाइन्छ । पहिले आरएनए निकालिन्छ र रियल टाइम पीसीआर(आरटीपीसीआर) परीक्षण गरिन्छ । यसमा पहिले स्क्रिनिङ हुुन्छ । स्क्रिनिङ ईजोन पत्ता लगाउनका लागि गरिन्छ । ईजोनबाट कोरोनाभाइरसको साझा जिन पत्ता लाग्छ।’
कोरोनाभाइरसको एक पूरै परिवार हुुन्छ, जसमा विभिन्न किसिमका कोरोना भाइरस हुुुन्छन् । यसमध्ये एक भाइरस हो, कोभिड १९ । यसको एक साझा ईजोन हुुुन्छ ।
यदि परीक्षणमा यो ईजोन पोजिटिभ आयो भने पत्ता लाग्यो कि यस स्याम्पलमा कुुनै पनि प्रकारको कोरोनाभाइरस अवस्थित छ । तर, यो कोभिड १९ नै हो भन्न सकिन्न । यसका लागि अर्को परीक्षण गर्नुपर्छ । यसपछि केवल कोभिड १९ पत्ता लगाउनका लागि गरिन्छ ।
यदि कुुनै पूूलको नतीजा नेगेटिभ आए, यसको मतलब जुुन व्यक्तिबाट त्यो पूूलका लागि स्याम्पल लिइएको थियो उक्त व्यक्तिलाई कोरोनाभाइरस छैन । जुुुन पूलको नतिजा पोजिटिभ आउँछ भने त्यसमा उपलबब्ध सबै स्याम्पललाई पुनः अलग–अलग परीक्षण गरिन्छ।
डाक्टर गिलका अनुुसार पूूल परीक्षणका मद्धतले किट जोगिन्छ, फेरि धेरै परीक्षण पनि हुुनसक्छ । यदि ३ व्यक्तिको पूल परीक्षण नेगेटिभ आएमा बाँकी २ व्यक्तिको परीक्षणका लागि अलग्गै किट प्रयोग गर्न पर्दैन ।
यसमा लाग्ने समय गर्ने हो भने डाक्टर गिलका अनुुसार यदि एक स्याम्पलको परीक्षण गर्ने हो भने समय कम लाग्छ तर पूूल परीक्षणमा समय केही घण्टा धेरै बढ्छ । यो परीक्षणले संसाधन बचत हुुन्छ र परीक्षणमा तीव्रता आउँछ ।
कुुन इलाकामा हुुनसक्छ पूल परीक्षण?
पूल परीक्षण जुुनसुुकै क्षेत्रमा गर्न सकिँदैन । यो किसिमको परीक्षण कोरोनाभाइरसको मामला २ देखि ५ प्रतिशतभन्दा कम भएको ठाउँमा उपयुुक्त हुुन्छ ।
जुुन इलाकामा पोजिटिभीटी दर ५ प्रतिशतभन्दा धेरै छ त्यहाँ पूूल परीक्षण प्रयोग हुुँदैन ।
रेपिड टेष्टभन्दा कति फरक?
शंकास्पद इलाकामा मात्र रेपिड टेष्ट गरिन्छ र यसबाट एन्टीबडी पत्ता लगाउन सकिन्छ ।
शरीरमा कुुनै पनि प्रकारको भाइरस वा ब्याक्टेरियाले हमला शरीरमा गरेमा त्यसविरुद्ध लड्नका लागि एन्टीबडी बनाउँछ । यदि शरीरमा भाइरस आए त्यो एन्टीबडी बन्छ । यस एन्टीबडीको पत्ता लगाउन चाहिँ रेपिड टेष्टबाटै हुुने हो ।
पूल परीक्षणमा कोभिड १९ भाइरस पत्ता लगाउन सकिन्छ । यी दुुवै परीक्षणको तरिका फरक–फरक हुुन्छ ।
आईसीएमआरको अनुुमतिपछि केही राज्यमा पूूल परीक्षण तरिका अपनाइरहेको छ । पश्चिम बंगाल र उडिशामा पनि यस खालको परीक्षण जारी छ । हरियाणामा यसको प्रयोग भइरहेको छ ।
हरियाणामा कोरोनाभाइरसका लागि नोडल अफिसर भन्छन्–‘यो तरिका राम्रो छ । ब्लड बैंकमा पनि यो तरिका प्रयोग भइरहन्छ । पूूल परीक्षणबाट हाम्रो क्षमता बढ्छ । पूल परीक्षणका मद्धतले हामीले करिब ४९४ परीक्षण गर्यौैँ । हामी आफ्नो क्षमता बढाइरहेका छौं ।’
बीबीसीबाट
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19