काठमाण्डौ । कोभिड १९ का कारण उत्पन्न बिषम परिस्थितिले संचालन खर्च घटाउने दवाबमा रहेका बैंकहरुले शाखा घटाउन पाउनुपर्ने व्यवस्थामा सहजीकरण गरिदिन माग गरेका छन् । 

नेपाल बैंकर्स संघ(एनबिए)को तर्फबाट आगामी मौद्रिक नीतिका लागि राष्ट्रबैंकलाई सुझाव दिंदै यस्तो माग गरिएको हो । 

यसअघि बैंकहरुलाई नेपाल राष्ट्रबैंकले वित्तीय पहुँच बिस्तारका लागि भन्दै दुर्गममा समेत शाखा बिस्तार गर्न प्रोत्साहित गर्दै आएको थियो । तर, एकै ठाउँमा धेरैवटा बैंकको शाखा स्थापना हुन थालेपछि र ती शाखा धान्ने गरी विजिनेश प्राप्त हुन छाडेपछि तनावमा रहेका बैंकहरुलाई कोभिड १९ ले अर्को झट्का दियो । यहीकारण बैंकहरु बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या बढी भएको स्थानमा रहेका शाखा कार्यालय बन्द गर्नका लागि आवश्यक प्रक्रिया सुरु गर्न पाउनुपर्ने र त्यस्तो प्रक्रियालाई राष्ट्रबैंकले सरलीकृत गरिनुपर्ने निश्कर्षमा पुगेका हुन् ।