काठमाण्डौ । सोसल नेटवर्किङ साइट सगुनका संस्थापक गोविन्द  गिरीले ३ वर्षअघि १३०० डलरबाट सुरु गरेको कम्पनीको नेटवर्थ ४ मिलियन डलर पुगिसकेको भन्दै यसले निश्कासन गरेको आइपीओमा लगानीका लागि आह्वान गरेका छन् । 

भारतस्थित सगुुनको कार्यालयबाट शुक्रबार साँझ फेसबुक लाइभमा प्रस्तुत भएका उनले सगुनले खुलाएको आइपीओमा उत्साहपूर्वक नेपालीहरुले सहभागिता जनाइरहेका बताएका हुन् । 

उनका अनुसार भारत, अस्ट्रेलिया, अमेरिका, यूरोप लगायतबाट ३ हजार बढी नेपालीले लगानीका लागि आवेदन दिएका छन् । नोभेम्बर महिनाभित्र आवेदन दिइनुुपर्ने भएकोले एकसाता समय अझै बाँकी रहेको जनाउँदै राम्रो प्रतिफलका लागि सगुुनको आइपीओमा लगानीका लागि उनले आह्वान गरेका छन् । 

उनले सगुुनमार्फत नेपालको पहिचान विश्वभर फैलाउने अभियानमा आफूहरु रहेको उल्लेख गर्दै भने–‘सबै नेपालीलाई जोड्न सगुुनले एउटा मालाको काम गर्ने मैले विश्वास लिएको छु।’ 

फेसबुक लाइभमा उनले आगामी डिसेम्बर दोश्रो सातासम्ममा सगुुनको मोवाइल एप समेत लञ्च गर्ने तयारी थालिएको जानकारी दिए । 

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्:

https://www.facebook.com/sagoon.incorp/videos/891066001051109/

https://www.facebook.com/sagoon.incorp/videos/891079011049808/