काठमाण्डौ । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीइओ)मा सचिनजङ्ग रायमाझी नियुक्त भएका छन् । 

हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले जेठ १८ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नेपाल बंगलादेश बैंकबाट बैंकिङ सुरु गरेका  रायमाझीले नेपाल राष्ट्रबैंकलगायतविभिन्न बैंक (एन.सी.सी. बैंक, मेगा बैंक र प्रभू बैंक)मा गरी कुल एक्काइस बर्ष लामो बैंकिङ अनुभव रहेको छ । 

विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भूमिका निर्वाह गरिसकेका छन् । 

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत रायमाझीले बैंकमा पुर्याएको योगदानको कदर गर्दै डेपुटी सीइओको कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गरे ।