काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले कास्की जिल्लाको तालचोक र लेकसाईडमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

पोखरा महानगरपालिका वडा नं २७ मा रहेको तालचोक शाखा र वडा नं ६ मा रहेको लेकसाईड शाखा औपचारिक रुपमा प्रमुख अथिति नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोख्रेल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमका बीच जेठ १५ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरे ।

बैंकले कास्कीको तालचोक र लेकसाईड, कञ्चनपुरको महेन्द्रनगर, सुनसरीको धरान, ललितपुरको चापागाँउ र काठमाडौंको गोगंबु र महाराजगञ्ज गरी ७ स्थानमा नयाँ एटिएम समेत सञ्चालनमा ल्याएको छ ।   

हाल बैंकले ९७ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ३२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने थप ४ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै बैंकले यस आर्थिक बर्ष भित्रनै अन्य थप १५ स्थानबाट समेत एटीएमसेवा प्रदान गर्ने तयारी गरेको छ । 

हालसम्म बैंकले २ लाख ३२ हजारभन्दा बढि खाताबाट रु. २७ अर्बभन्दा बढि निक्षेप संकलन गरी १९ हजारभन्दा बढी ऋणिमार्फत रु. २४.५० अर्बभन्दा बढी लगानी गर्न सफल भएको छ । यो बैंक ‘हाम्रो विकास बंैक’लाई प्राप्ति गरेपश्चात  बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुगेर चुक्ता पुँजीको हिसावले देशकै ठुलो विकास बैक बन्न सफल भएको छ ।