काठमाण्डौ । एमआरएफ कमपनीको टायरका बारेमा चर्चा विश्वभर चल्ने गरेको छ। टायरहहरुमा एमआरएफ उत्कृष्ट मानिन्छ।

एमआरएफ आफ्नो सेयरभाउ पनि निकै चर्चामा रहने गरेको छ। अहिले एमआरएफ कम्पनीको सेयर प्रतिकित्ता भारु १ लाख माथि रहेको छ। 

एमआरएफ कम्पनीको सुरुआतमा त्यति राम्रो थिएन। तर, यो कम्पनीले आफ्नो अस्तित्व बनाउनुको पछाडि निकै रोचक रहेको छ। यो कम्पनीले सडकमा बेलुन बेच्ने एक व्यक्तिले खडा गरेका हुन्। 

सन् १९४६ मा केरलाको एक क्रिस्चियन परिवारमा जन्मेका केएम मामेन मपिल्लई चेन्नईको सडकमा बेलुन बेच्ने गर्थे। मामेनका १० दाजुभाइ र दिदीबहिनी थिए। उनीहरु बेलुन बोकेर गल्ली–गल्ली जान्थे र बेच्ने गर्थे। त्यतिबेला उनलाई कुनै दिन ४६ हजार ३४१ करोड रुपैयाँको मार्केट क्याप भएको कम्पनी बनाउने कल्पना थिएन। 

सन् १९५२ मामेनका लागि टर्निङ प्वाइन्ट थियो। टायर रिट्रेडिङ प्लान्टमा विदेशी कम्पनीले ट्रेड रबर आपूर्ति गरिरहेको उनले देखे। त्यसपछि उसको मनमा एउटा जिज्ञासा उठ्योे–‘हाम्रो देशमा नै ट्रेड रबर बनाउने कारखाना किन खोल्न नसकेको हो ?’ 

मामेनले यो राम्रो अवसर पाए। उनले आफ्नो सबै बचतबाट ट्रेड रबर बनाउने व्यवसायमा लाग्ने निर्णय गरे। यसरी मद्रास रबर फ्याक्ट्री अर्थात् एमआरएफको जन्म भयो। यो भारतमा ट्रेड रबर उत्पादन गर्ने पहिलो कम्पनी थियो। त्यसैले मामेनको विदेशी कम्पनीहरुसँग प्रतिस्पर्धा थियो। केही समय नबित्दै उनको व्यवसाय लोकप्रिय भयो। उच्च गुणस्तरका कारण ४ वर्षभित्र कम्पनीले ५० प्रतिशत बजार हिस्सा हासिल गरेको छ। अवस्था यस्तो थियो कि धेरै विदेशी निर्माताले देश छोडे।

सन् १९६० मा मामेनको व्यवसायमा अर्को नयाँ मोड आयो। उनको व्यापार राम्रै चलिरहेको थियो। तर, उनी रबरको व्यापारमा मात्र सीमित हुन चाहँदैनन्। मामेनको नजर टायरमा थियो। एमआरएफ राम्रो ब्रान्ड बनेको थियो र कम्पनी अब टायर बजारमा प्रवेश गर्न चाहन्छ। 

त्यतिबेला मामेनलाई विदेशी कम्पनीहरुको सहयोग चाहिएको थियो। उनले अमेरिकाको म्यानफिल्ड टायर एन्ड रबर कम्पनीबाट प्राविधिक सहयोग लिएर टायर उत्पादन इकाइ स्थापना गरे। सन् १९६१ मा एमआरएफ कारखानाबाट पहिलो टायर निस्कियो। सोही वर्ष कम्पनीले मद्रास स्टक एक्सचेन्जमा आईपीओ ल्याएको थियो। 

त्यतिबेला भारतीय टायर उत्पादन उद्योगमा डनलप, फायरस्टोन र गुडइयरजस्ता बहुर्राष्ट्रिय कम्पनीको प्रभुत्व थियो। एमआरएफले भारतीय सडकलाई सुहाउँदो टायर बनाउन थाल्यो। तिरुवोट्टियुरमा बनेको रबर रिसर्च सेन्टरले यस कम्पनीलाई सहयोग गरेको थियो। त्यसपछि एमआरएफ रोकिएन। राम्रो मार्केटिङका साथ कम्पनीले टायर बजारमा प्रभुत्व जमाउन थाल्यो। 

एमआरएफ ‘मसलम्यान’को जन्म सन् १९६४ मा भएको थियो। जसले कम्पनीको टायरको बल देखाउँछ। टीभी विज्ञापन र बिलबोर्डहरुमा मसलम्यान प्रयोग गरिएको थियो। यसपछि कम्पनी सन् १९६७ मा अमेरिकामा टायर निर्यात गर्ने भारतको पहिलो कम्पनी बन्यो। यसपछि १९७३ मा एमआरएफ भारतको पहिलो कम्पनी बन्या,े जसले व्यावसायिक रुपमा नायलन ट्राभल कार टायर उत्पादन र मार्केटिङ गर्यो।

एमआरएफले सन् १९७३ मा पहिलो रेडियल टायर निर्माण गरेको थियो। एमआरएफले सन् २००७ मा पहिलोपटक १ अर्ब अमेरिकी डलरको कारोबार गरेर कीर्तिमान बनाएको थियो। पछिल्ला ४ वर्षमा व्यापार चारगुणाले बढेको छ। एमआरएफले हाल हवाईजहाजका साथै लडाकु विमानका लागि टायर उत्पादन गरिरहेको छ। –एजेन्सी