काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सनराइज बैंकले नारायणी नेशनल फाइनान्स प्राप्तिको प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ । 

असार १९ गतेको राष्ट्रबैंक संचालक समिति बैठकले सनराइजले नेशनल फाइनान्स किन्ने प्रक्रियालाई अन्तिम स्वीकृति दिएपछि अब आउँदो असार ३० गतेदेखि दुवै संस्थाको संयुक्त कारोबार सुरु हुने तयारी गरिएको छ । 

सनराइज बैंक संचालक समितिका एक सदस्यका अनुसार दुई संस्थाले ‘सनराइज बैंक’कै नामबाट संयुक्त कारोबार थाल्नेछन् । 

एक्वीजिसनपछि बैंकको कर्पोरेट कार्यालय काठमाण्डौ महानगरपालिका २, गैरीधारामा रहने बताइएको छ । 

सनराइज बैंकको चुक्तापूँजी ३ अर्ब ३३ करोड छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा यो बैंकले ५८ करोड ८१ लाख खूद नाफा आर्जन गरेको छ । 

यसैगरी, नारायणी नेशनल फाइनान्सको चुक्तापूँजी ८० करोड २२ लाख  छ । यो संस्थाले चालु आबको तेश्रो त्रैमास अवधिमा १५ करोड ३ लाख खूद नाफा आर्जन गरेको छ ।