sunrise bank limited
काठमाण्डौ । सनराइज बैंकका एक ग्राहकले एपेण्डिक्सको शल्यक्रियाको क्रममा लागेको उपचार खर्च बैंकबाट पाएका छन् ।
सनराइज बैंक लिमिटेडले संचालन गरेको स्वास्थ्य बिमा सुविधा अनुसार ती ग्राहकले २२ हजार ६१ रुपैयाँ बराबरको उपचार खर्च प्राप्त गरेका हुन् ।
भक्तपुर शाखाका ग्राहक राजेन्द्रकुमार शाखकर्र्मीको एपेन्डिक्सको शल्यक्रियाको क्रममा लागेको उपचार खर्च बराबरको रकम बैंकका नायब महाप्रबन्धक अपछकुमार यादबले प्रदान गरेका बैंकले जनाएको छ ।
यो बीमा कार्यक्रम अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकममध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।
सनराइज बैंक लिमिटेडले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुका लागि “सामुहिक दुर्घटना बीमा सुविधा” समेत प्रदान गर्दै आइरहेको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा रु. ५ लाख नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सकिनेछ । ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुबै बीमा सुविधाहरु पाउने समेत बैंकले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago