काठमाण्डौ । सनराइज बैंकले पनि भाईबर बैंकिङ्ग सेवा सुरु गरेको छ । 

यो सेवामार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याब्लेट, कम्प्युटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिनसक्ने बैंकले एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

भाईबर बैंकिङ्ग सेवा लिन बैंकका ग्राहकको मोबाइल नम्बर सनराइज बैंकको स्मार्ट बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । भाईबर बैंकिङ्ग सेवामार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, विनिमय दर, मुद्धती खाताको जानकारी लगायत अन्य सेवाको साथै बैंकको सम्पूर्ण शाखा तथा एटिएमहरु सम्बन्धी जानकारी लिन सकिनेछ । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ वटा शाखा, २० वटा शाखा रहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा ए.टि.ममार्फत आफ्ना ४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेखछ ।