काठमाण्डौ । जनक शर्मा पौड्यालले औपचारिक रुपमा सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुरु गरेका छन् ।
सनराइज बैंक लिमिटेडको संचालक समितिको गत असार २७ गते बसेको ३२० औं बैठकको निर्णयानुसार बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा पौड्याललाई नियुक्त गरिएको थियो ।
पौड्यालले तत्कालीन नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैैक लिमिटेड)मा सन् १९८७ बाट सेवा प्रवेश गरी करिब ११ वर्षको कार्यानुभव बटुलेका थिए ।
यस्तै, एनआईसी बैंक लिमिटेड (हालको एनआईसी एशिया) मा ५ वर्ष र लक्ष्मी बैंक लिमिटेडमा करिब २ वर्षको काम गरेको अनुभव समेत उनीसँग छ ।
त्यसपछि उनी अध्ययनका लागि बेलायत गएका थिए र बेलायत स्थित बार्कलेज बैंकमा करिब ४ वर्ष ६ महिना कार्य समेत गरेका थिए ।
बेलायतबाट फर्केलगत्तै ग्लोबल आईएमई बैंक लिमिटेडको विभिन्न उच्चपदमा कार्यरत रही ११ बर्ष कार्य गरी प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी सम्हालेका थिए ।
उनीसँग ग्लोबल आईएमई क्यापिटल लिमिटेडको स्थापना गरी सोको संचालक÷अध्यक्ष रहेको अनुभव समेत छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago