काठमाण्डौ । सनराइज बैंक लिमीटेड पनि आर्थिक वर्ष ०७३/७४ मा अर्ब कमाउने बैंकहरुको सूचिमा पर्न सफल भएको छ । 

यो बैंकले पहिलोपटक १ अर्ब माथि नाफा निकालेको हो । आर्थिक वर्ष ०७३/७४ मा सनराइज बैंकले १ अर्ब १८ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा यो बैंकको खूद नाफा ९५ करोड १३ लाख मात्र थियो । 

यो बैंकले २ अर्ब २१ करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ५० करोड मात्र थियो । 

सनराइज बैंकको संचालन मुनाफा १ अर्ब ६० करोड भएको छ, अघिल्लो वर्ष यस्तो मुनाफा ९५ करोड मात्र थियो । 

यो अवधिमा बैंकले ६० अर्ब ९३ करोड निक्षेप संकलन गरी ५१ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ५१ अर्ब ६५ करोड निक्षेप संकलन गरी ४३ अर्ब ७४ करोड कर्जा प्रवाह गरेको थियो । 

यो बैंकको कस्ट अफ फण्ड पनि बढेको छ । अघिल्लो वर्ष ४.५२ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर यो वर्ष ६ प्रतिशतमा पुुगेको छ । बैंकको निस्क्रिय कर्जा(एनपिएल) अनुपात पनि बढेको छ । अघिल्लो १.२२ प्रतिशतको अनुपातमा रहेको यस्तो कर्जा यो वर्ष बढेर १.३७ प्रतिशतमा पुुगेको छ ।

बैंकको प्रति सेयर आम्दानी(इपीएस) घटेर १६.६६ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३२.९९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०४०.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.७७ गुणा कायम भएको छ ।