nepal banker's association
काठमाण्डौ । राष्ट्रबैंकको समन्वय र दवाबमा ब्याजदरलाई एकल अंकमा सीमित गर्ने भद्र सहमति पुनः तोडिएको छ ।
सनराइज बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले भद्र सहमति तोडेका हुन् ।
केन्द्रीय बैंकको दवाबमा नेपाल बैंकर्स संघले केही समयअघि ब्याजदरको भद्र सहमति कायम गरेको थियो । सो सहमति अनुसार संस्थागत मुद्धती निक्षेपमा ९ प्रतिशत भन्दा बढी ब्याज दिन पाइन्न । यसमा ०.५० प्रतिशत थप्न पाइने भएकोले बैंकहरुले बढीमा ९.५० प्रतिशत ब्याजमा मात्रै मुद्धती निक्षेप उठाउन पाउँछन् ।
तर, एनसीसी बैंक र सनराइज बैंकले नेपाल टेलिकमबाट भद्र सहमति तोड्दै ९.६५ प्रतिशत ब्याजदर दिएर २ अर्ब बढी निक्षेप उठाएका छन् ।
नेपाल टेलिकमले विभिन्न बैंकमा राखेको २ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप बढी ब्याज दिएर यी दुई बैंकले उठाएका एक बैंकरले जानकारी दिए । उनका अनुसार टेलिकमको निक्षेप राखेका साबिकका बैंकहरुले ९.५० प्रतिशत ब्याज अफर गरे पनि एनसीसी र सनराइजले ९.६५ प्रतिशत एनसीसी र सनराइजमा पाएपछि निक्षेप त्यहाँ सारेका छन् ।
‘भद्र सहमतिमा सबै पक्ष इमानदार बन्नुपर्छ । कोही चाहि सहमतिप्रति इमानदार बन्ने र कोही बेइमान बन्ने हो भने योपटकको सहमति पनि तोडिन्छ ।’ ती बैंकरले नाम उल्लेख नगर्ने शर्तमा भने–‘भद्र सहमति तोड्नेलाई बेलैमा कारबाही नभए अरुले पनि तोड्न थाल्नेछन् ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago