काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुका लागि  “बचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधाअन्र्तगत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा रु. ५ लाख नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणासम्म  दाबी गर्न सकिने छ ।

यही योजना अन्तर्गत यस बैंकका निक्षेप ग्राहक मनोजकुमार पोखरेलको दुर्घटनामा परी उपचारको क्रममा निधन भएकोमा “बचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था” अन्र्तगत मृतकको नाममा यस बैंकको नारायणगढ शाखामा रहेको निक्षेप रकमको ४ गुणा अर्थात रु २,५६,०२८ ।– बराबरको रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

सो रकम बराबरको चेक बैंकका नारायणगढ शाखाका शाखा प्रबन्धक प्रकाश कस्तीद्धारा मृतकका हकवाला श्रीमती सुशिला कुमारी बानियालाई प्रदान गरिएको बताइएको छ ।