काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म सनराइज बैंक लिमीटेडले ५२ करोड ९१ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । हाल बैंकको चुक्तापूँजी ८ अर्ब ९६ करोड रहेको छ । यसरी हिसाब गर्दा बैंकले यो वर्ष ६ प्रतिशतको हाराहारीमा लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ ।
कोरोना संकटका कारण यो बैंकका अन्य सूचकमा समेत प्रभाव परेको देखिएको छ । बैंकको अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ७० करोड रहेको नाफा घटेर यो वर्ष १ अर्ब ३९ करोडमा सीमित बन्न पुगेको छ ।
कोरोनाका कारण सिर्जना भएका कतिपय नयाँ नियामकीय व्यवस्था र प्रभिजनका कारण बैंकले ठूलो रकम छुट्याउनु पर्दा नाफा हिट भएको हो ।
बैंकको संचालन मुनाफा समेत घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म २ अर्ब ५५ करोड रहेको यस्तो मुनाफा घटेर यो वर्ष १ अर्ब ९७ करोडमा सीमित बन्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकले ३ अर्ब ८७ करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्ला्े वर्ष यस्तो आम्दानी ३ अर्ब ५८ करोडमा सीमित थियो । संकटकै बीच पनि बैंकले खूद ब्याज आम्दानी भने बढाएको देखिन्छ ।
यो अवधिमा बैंकले ९० अर्ब २२ करोड निक्षेप संकलन गरी ८१ अर्ब ४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकले ७५ अर्ब ४३ करोड निक्षेप संकलन गरी ६८ अर्ब ८६ करोड बढी कर्जा परिचालन गरेको थियो । यसरी हेर्दा कोरोना कहरका बीच बैंकले आफ्नो विजिनेशको साइज बढाएको देखिएको छ ।
अघिल्लो वर्ष २ अर्ब ८१ करोडमा सीमित रिजर्बको आकार बढेर यो वर्ष ३ अर्ब ४६ करोड पुगेको छ भने १.०३ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर १.८६ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड घटेर ६.५५ प्रतिशत, सीडी रेसियो पनि घटेर ७१.३० प्रतिशत, बेस रेट पनि घटेर ८.९५ प्रतिशत कायम भएको देखिएको छ ।
यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.५३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.०७ गुणा, प्रतिसेयर नेटवर्थ १५०.८६ रुपैइाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३००.५६ रुपैयाँ कायम भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago