काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्डको साउन मसान्तसम्म प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) ११.२० रुपैयाँ कायम भएको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार यो गत महिना असारको तुलनामा २२ पैसाले बढी हो। गत महिना यो फन्डको न्याभ १०.९८ रुपैयाँ कायम भएको थियो।

योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड रहेको यो ७ वर्षे फन्डको कुल नाफा १ करोड ९० लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो महिना ८ करोड ३८ लाख रुपैयाँ रहेको थियो।

यो फन्डको कुल लगानी साउन मसान्तसम्म ६४ करोड ७३ लाख रुपैयाँ रहेको छ। जुन असार मसान्तसम्मको तुलनामा २१.७३ प्रतिशतले बढी हो। गत असार मसान्तसम्म यो फन्डको कुल लगानी ५३ करोड १७ लाख रुपैयाँ रहेको थियो।

साउन मसान्तसम्म यो फन्डले सूचीकृत सेयरमा ४२ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ। जुन असार महिनाको तुलनामा १८.४५ प्रतिशतले बढी हो। असारमा यो फन्डले सूचीकृत सेयरमा ३५ करोड ८० लाख रुपैयाँ लगानी गरेको थियो। 

त्यस्तै फन्डले सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा ५ करोड ८८ लाख रुपैयाँ, ऋणपत्र र बन्डमा १० करोड १३ लाख रुपैयाँ र मुद्दति निक्षेपमा ११ करोड ६० लाख रुपैयाँ लगानी रहेको छ। 

यो फन्डले हालसम्म सूचीकृत १८ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ३ वटा फाइनान्स, ११ वटा लघुवित्त, ३ वटा जीवन बीमा, ६ वटा निर्जीवन बीमा, ४ वटा जलविद्युत् कम्पनी, अन्य समूहमा तीनवटा कम्पनी तथा ओरियन्टल होल्टस र शिवम् सिमेन्ट लगानी गरेको छ। यो फन्डको नेपाल इन्भेस्टमेन्ट बैंकमा संस्थापक सेयरसमेत रहेको छ।