काठमाण्डौ । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले चुक्तापुँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६.१० रुपैयाँको कुल ८.२८ प्रतिशतले हुन आउने ७४ करोड २५ लाख ३४ हजार ७८६.९१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५.८० प्रतिशतले हुन आउने ५२ करोड १ लाख ३३ हजार ६३.२९ रुपैयाँबराबरको बोनस सेयर र २.४८ प्रतिशतले हुन आउने २२ करोड २४ लाख १ हजार ७२३.६२ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago