काठमाण्डौ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको आज बसेको बैठकले शर्मालाई सीईओमा नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ। उनले बुधबारदेखि नै कार्यभार सम्हालिसकेका छन् ।
शर्मा बैंकिङ क्षेत्रमा अनुभवी र कुशल बैंकरका रुपमा चिनिन्छन्। उनीसँग बैंकिङ क्षेत्रमा ३ दशक लामो कार्यानुभव छ।
नेपाल एसबीआई बैंकबाट बैंकिङ करिअरको सुरुआत गरेका शर्मासँग ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे, एनएमबि लगायतका बैंकमा काम गरेको अनुभव छ।
शर्मा यसअघि माछापुच्छ्रे बैंकमा सीईओ थिए। त्यहाँबाट कार्यकाल पूरा नहुँदै उनी बाहिरिएका थिए।
यसअघि सनराइज बैंकका सीईओ जनक शर्मा पौड्यालले हिजोमात्रै पदबाट राजीनामा दिएका थिए। पौड्यालको राजीनामा संचालक समितिले हिजै स्वीकृत गरेको थियो । हिजै एक संचालकले बिजशालासँग एकदुई दिनमै नयाँ सीइओ ल्याउने बताएका थिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19