sunrise bank limited
काठमाण्डौ । सनराइज बैंक ग्राहकहरुलाई विविध सुविधा दिन पछिल्लो समय निकै आक्रामक बन्दै गएको छ । उसले प्रवाह गर्ने सेवाको विविधिकरणमा समेत उसले आक्रामक रणनीति प्रस्तुत गरिरहेको छ ।
यही क्रममा बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी टिम क्वेस्ट प्रालि अन्तर्गतका सबै क्यूएफएक्स सिनेमा हलहरुबाट आफूले जारी गरेको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी टिकट खरिद गर्दा ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ ।
यस योजना अन्र्तगत क्यूएफएक्स सिनेमाका सम्पूर्ण हलहरुमा खरिद गरिएका टिकटमा लागू हुने बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।
कुनै पनि वस्तु तथा सेवाको उपभोग वा खरिद गर्दा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले यस्तो अफर ल्याइएको बैंकको प्रष्टोक्ति छ । यस किसिमको योजनाबाट ग्राहक वर्गहरु थप लाभान्वित हुने र कारोवार पनि सुरक्षित हुनेमा बैंकले विश्वास व्यक्त गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago