काठमाण्डौ । सनराइज बैंकले बचत खाताका ग्राहकका लागि ल्याएको निःशुल्क स्वास्थ्य बिमाको लाभ लिनेहरु थपिँदै गएका छन् । 

यही क्रममा बैंकका भक्तपुर शाखाका ग्राहक सानु मैंया राइठोरले समेत मोतीबिन्दूको उपचार गराएबापत लागेको उपचार खर्च बैंकबाट भुक्तानी  पाएकी छिन् । मोतीबिन्दुको शल्यक्रियाको क्रममा लागेको उपचार खर्च रु. १२,००० बराबरको रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले बैंकको केन्द्रीय कार्यालय, गैरीधारामा उनलाई प्रदान गरेकी हुन् ।

सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुका लागि  “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । 

उक्त बीमाअन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ।