काठमाण्डौ । केही महिनाअघि नारायणी नेशनल फाइनान्सलाई आफूमा गाभेको सनराइज बैंकले एनआईडिसी क्यापिटल मार्केट्स लिमीटेडलाई एक्वायर गर्ने भएको छ । 

एक्वायर गर्ने समझदारीपत्रमा दुवै संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन् । 

सनराईजले सामूहिक लगानी कोष र धितोपत्र सम्बन्धी कारोबार गर्न सहज हुने गरी एनआईडीसीलाई किनेको हो । 

एनआइडीसी क्यापिटलले नेपालमा पहिलोपटक म्युचुअल फण्ड संचालन गरेको थियो। सम्झौतासँगै एनआईडीसी. क्यापिटल मार्केटसको धितोपत्र कारोवार रोक्का गरी पूर्वस्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा दरखास्त दिइने बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

सनराइज बैंकको हाल ३ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पुंजी छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३३.३३ प्रतिशत वोनस शेयर दिने प्रस्ताव गरेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी पाँच अर्व ३० करोड रुपैयाँ पुग्नेछ। एनआईडिसि क्यापिटल एक्वायर गरेपछि बैंकको चुक्ता पुँजी २० करोड थपिएर पाँच अर्व ५० करोड पुग्ने बैंकले जनाएको छ ।