काठमाण्डौ । उपचारको सिलसिलामा भारतको विभिन्न अस्पतालहरुमा जाने नेपाली ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै सनराइज बैंकले हेल्थ केयर कार्डको शुभारम्भ गरेको छ ।
उक्त डेबिट कार्डको प्रयोगबाट सेवाग्राहीले भारतका विभिन्न अस्पतालहरुमा पि.ओ.एस.बाट भुक्तानी गर्दा सामान्य डेविट कार्डको भन्दा बढी रकमको भुक्तानीको सुबिधा प्रयोग गर्न सक्नेछन् ।
साथै सनराइज हेल्थ केयर कार्ड प्रयोग गरी भुक्तानी गर्दा भारतका विभिन्न अस्पतालहरुमा ५ देखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
हेल्थ केयर कार्ड लिनको निम्ति उपचारको लागि जान चाहेको भारतको अस्पताको विवरण र डाक्टरको सिफारिस वा अन्य जानकारीको कागजपत्र बैंकमा पेश गर्नुपर्नेछ । यदि कुनै सिफारिस वा थप अन्य जानकारीको कागजपत्र नभएको अवस्थामा पनि उक्त कागजपत्रहरु उपचार पश्चात दिने शर्तमा हेल्थ केयर कार्ड लिन पनि सकिने बैंकले जनाएको छ । साथै हेल्थ केयर कार्ड विरामी आफै उपस्थित हुन नसकेको अवस्थामा विरामीको नजीकको नातेदारको नाममा पनि जारी गर्न सकिने छ ।
बैंकले दिँदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च बढीमा १ लाख रुपैयाँ वा बचत खातामा रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्नसक्ने छन् ।
बिगतका योजना अनुसार वर्षका एकपटक मात्र बिमा दाबी गर्न सकिन्थ्यो भने चैत्र १, २०७५ सालदेखि ग्राहकको सुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बिमा दाबी गर्न सक्ने योजना अगाडि ल्याइएको हो ।
साथै सनराइज बैंकका बचतकर्ताहरुले ५ लाखसम्मको दुर्घटना बिमा र १०० भन्दा बढी अस्पतालहरुमा २० प्रतिशतसम्म छुट समेत पाउनेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago