काठमाण्डौ । सनराइज बैंक लिमीटेडले आशा राणा अधिकारीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । 

उनले हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिका समेत निर्वाह गरिरहेकी छिन् । 

गत जेठ २२ गतेको संचालक समितिको निर्णयअनुसार आशा राणा अधिकारीलाई डेपुटी सीइओमा नियुक्त गरिएको बैंकले एक विज्ञप्ति जारी गरी जनाएको छ । 

विगत ३१ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत अधिकारी सनराइज बैंकमा स्थापना कालदेखि नै विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएकी थिइन् ।
सनराइजमा आउनुअघि उनलें हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्ष भन्दा बढी काम गरेकी थिइन् ।

अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट एमबिएमा प्रथम श्रेणीमा प्रथम भई महेन्द्र विद्याभूषण लगायत विभिन्न विभूषण तथा स्वर्ण पदकहरु प्राप्त गरेकी थिइन् ।