काठमाण्डौ । सनराइज बैंकले जारी गरेको सात वर्ष अवधिको रु.३ अर्ब रकम बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्री भएको बैंकले जनाएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै बैंकले यस्तो जानकारी गराएको हो ।
बैंकले २०७६ कात्तिक २० देखि निश्कासन गरेको ऋणपमा छिटोमा कात्तिक २४ गतेभित्र र ढिलोमा मंसिर १९ गतेसम्म आवेदन खुल्ला गरिएको थियो । वार्षिक १०.२५ प्रतिशत ब्याजदर अफर गरिएको ऋणपत्रका सबै युनिट कात्तिक २४ गतेभित्र नै बिक्री भएको बैंकले दाबी गरेको छ ।
निश्कासितमध्ये सर्वसाधारण निष्कासनको तर्पmबाट रु.४५३,८२९,००० बराबरको ४५३,८२९ कित्ता र परिपत्र विधिको तर्पmबाट रु.२,५४६,१७१,००० बराबरको २,५४६,१७१ कित्ता ऋणपत्र बिक्री भएको बैंकले जनाएको छ । ऋणपत्रको बाडफाँड मंसिर २७ गते शुक्रबार गरिएको थियो ।
अघिल्लो आर्थिक वर्षमा पनि बैंकले १ अर्ब रुपैंया बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्री गर्न सफल भएको थियो । योसँगै नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार, बैंकहरुले आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था सनराइज बैंकले पूरा गरेको बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago