काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न दुर्गम स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ लमजुङको ठुलीेबेसीमा ४४औं र तनहुँको टुहुरेपसलमा ४५औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । 

पौष २१ गते सोमबार आयोजित एक कार्यक्रममा ४४ औं शाखारहित बैंकिङ्ग सेवा मस्र्याङ्दी गाउँपालिकाका वडा अध्यक्ष लिलाप्रसाद घलेले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि श्री कर्ण सिंह तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

यो क्रममा पौष २२ गते मंगलबार ४५औं शाखारहित बैंकिङ्ग सेवा भानु नगरपालिकाका प्रमुख तारानरेश पौडेलले उद्घाटन गरे । पौडेल र गण्डकी प्रदेशका कार्यालय प्रमुख रबिन्द्र केसीले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि बिष्णु शिलवाललाई पोइन्ट अफ सेल मेसिन संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । 

दुबै शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।