काठमाण्डौ । डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ । 

माघ १ देखि तीन महिनासम्म संचालन गरिने यस योजनाअन्तरगत सनराइज बैंकका डेबिट/क्रेडिट कार्ड सेवा लिएका, तर हालसम्म पनि पोइन्ट अफ सेल टर्मिनल वा ई–कमर्समा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पोइन्ट अफ सेल टर्मिनलमा कारोबार गर्दा रु.२५० क्यास ब्याक र ई–कमर्स  कारोबारमा पनि रु २५० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

यस योजनाअन्तर्गत क्यास ब्याक प्राप्त गर्नका लागि डेबिट/क्रेडिट कार्डमार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम रु ५०० वा सोभन्दा बढीको कारोबार गर्नुपर्नेछ । 

साथै, कुनै पनि ग्राहकले डेबिट/क्रेडिट कार्डमार्फत एकै पटक वा पटक–पटक गरी एक महिनामा रु. १५,००० वा सोभन्दा बढीको खरिद कारोबार गरेमा रु. १,००० क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस योजनामा एकजना कार्डहोल्डरले उल्लेखित योजना मुताबिक अधिकतम रु. ३,५०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । 

सनराइजले आफ्ना ग्राहकहरुको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै विभिन्न छुट तथा अफरहरु दिंदै आएको छ । यस क्यास ब्याक अफरले ग्राहकहरुलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र  उक्त भुक्तानीमा पाइने क्यास व्याकले अझै बढी कारोबार गर्न मदत गर्ने बैंकले जनाएको छ ।