काठमाण्डौ । सनराइज बैंक लिमीटेडका ग्राहकहरुले होटल अन्नपूर्णका सेवामा विशेष छुट पाउने भएका छन् ।
बैंकले विगतदेखि नै आफ्ना ग्राहकहरुको सहजता र सुविधालाई ध्यानमा राखी विभिन्न होटल, रेष्टुराँ, अस्पताल तथा अन्य विविध क्षेत्रमा विशेष छुटसहितको सुविधा उपलब्ध गराउँदै आएको छ । यही क्रममा होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटल अन्नपूर्णसँग सम्झौता गरेको छ ।
सनराइज बैंक लिमिटेड तथा होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटल अन्नपूर्णको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौको दरबारमार्ग स्थित होटल अन्नपूर्ण र उक्त होटलले संचालन गर्दै आएको चितवन स्थित जगतपुर लज, तथा पोखरा स्थित फिस्टेल लजमा खाना, वेभरेज तथा बेकरी आइटमाजस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गरेर १५ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।