काठमाण्डौ । सनराइज बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

बैंक संचालक समितिको भदौ २९ गते बसेको २७७ औं बैठकले हालै जारी भई पूँजीकरणको क्रममा रहेको हकप्रदपछि कायम हुन आउने ७ अर्ब ८ करोड ९१ लाख चुक्तापूँजीको १५ प्रतिशतको दरले बोनस सेयर वितरणको निर्णय गरेको हो । 

यो हिसाबले बैंकले १ अर्ब ६ करोड ३३ लाख ७६ हजार रुपैयाँ भन्दा बढीको बोनस सेयर वितरण गर्नुपर्छे । 

बैंकले बोनसमा लाग्ने कर भने सेयरधनीबाट भराउने संचालक समितिले निर्णय गरेको छ । 

सनराइज बैंकले २०७३/७४ मा १ अर्ब १८ करोड खूद नाफा आर्जन गरेको थियो । गत वर्ष यो बैंकले सेयरधनीलाई ३३.३३ प्रतिशत लाभांश वितरण गरेको थियो ।