काठमाण्डौ । संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र लकडाउनले धेरैजसोको जनजीवन प्रभावित बनाएको छ । यसैबीच सनराइज बैंकले आफ्नो ग्राहकलाई डिजिटल बैंकिङ्ग प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।
लकडाउनका कारण घरमा बस्न बाध्य भएका आफ्ना निक्षेपकर्ता ग्राहकहरुले आफ्ना बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्ने चाहाना भए सनराइज बैंकको सनराइज स्मार्टबाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । उक्त मुद्दती निक्षेप खातामा उच्च ब्याज पाइने व्यवस्था गरिएको बैकंले जनाएको छ ।
यस्तो खातामा सर्वाधिक उच्च ब्याज ८.२५ प्रतिशमा ०.५० प्रतिशत प्रिमियम ब्याज थप गरी प्रदान गरिने, मुद्धतीको न्यूनतम अवधि ३ महिनाको रहने, सनराइज बैंकको सनराइज स्मार्ट प्रयोग गरी सजिलै मुद्धती खोल्न सकिने र कुनै पनि अतिरिक्त शुल्क नलाग्ने लगायतका विशेषता छन् ।
बैंकका अनुसार ग्राहकहरुले घरबाटै सन्राइजको मोबाइल बैकिङ्ग प्रयोग गरी सरल रुपमा मुद्दती निक्षेप खाता खोल्न सकिनेछ । सनराइज स्मार्ट बैकिङ्ग प्लेस्टोर तथा एप स्टोरबाट सजिलै डाउनलोड गरी आफैं रजिष्टर गर्न सकिने बैंकले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago