काठमाण्डौ । सनराइज बैंक लिमिटेडले सिन्धुपाल्चोकको भूकम्पपीडित माझीहरुलाई एकीकृत बस्ती निर्माण गर्दै आएको श्वेताश्री फाउन्डेसनलाई रु. ५ लाख सहयोग गरेको छ। 

सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उक्त सहयोग गरेको हो। एक कार्यक्रमबीच शुक्रबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेताश्री फाउन्डेसनलाई चेक हस्तान्तरण गरे। कार्यक्रममा पौड्यालले आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु सहयोग गरिरहने प्रतिबद्धता जनाए। 

कार्यक्रममा नायिका श्वेता खड्काले फाउन्डेसनलाई विश्वास गरेकोमा सनराइज बैंकप्रति कृतज्ञता व्यक्ति गरिन्। यो फाउन्डेसनले स्व नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा २०७३ फागुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निर्माण गर्दै आएको छ।