काठमाण्डौ । सनराइज बैंक लिमिटेड निक्षेप र कर्जाको ब्याजदर निर्धारण गरेको छ। नयाँ निर्धारित ब्याजदर आज (साउन १४ गते) बाट लागू हुने बैंकले जनाएको छ।

बैंकले निक्षेप बचतमा २.५ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको छ। बैंकले सनराइज पेरोल सेभिङ अकाउन्ट, समृद्धि बचत खाता, कर्णाली बालिका सुरक्षा खाता, महाबचत खाता र एनआरएच सेभिङ अकाउन्टमा ४ प्रतिशत ब्याज उपलब्ध गराउने छ भने अन्य बचत योजनामा २.५ प्रतिशत ब्याज दिनेछ। 

यसैगरी बैंकले विदेशी मुद्रा बचतअन्तर्गत सनराइज रेमिट बचत खाता (अमेरिकी डलर) र एनआरएन सेभिङ अकाउन्ट (अमेरिकी डलर) र अमेरिकी डलर सेभिङ अकाउन्टमा २ प्रतिशत तथा युरो सेभिङ अकाउन्ट र जीबीपी सेभिङ अकाउन्टमा १ प्रतिशत ब्याज उपलब्ध गराउने छ। 

मुद्दतितर्फ भने बैंकले विभिन्न शीर्षकमा ६.५ प्रतिशत ७.७५ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। बैंकले सनराइट महामुद्दतिअन्तर्गत समय अवधिअनुसार ७ प्रतिशतदेखि ७.७५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछ। 

यस्तै सनराइज एनआरएन फिक्ड डिपोजिटमा ७.२५ तथा संस्थागत फिक्ड डिपोजिटमा ६.५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ। 

बैंकले कर्जातर्फ भने अधिकांश शीर्षकमा आधार दरमा ५ प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गरेको छ। बैंकको आधार दर ८.९५ प्रतिशत रहेको छ।