काठमाण्डौ । केही दिनदेखि जारी सनराइज बैंकभित्रको विवाद अन्त गर्ने सहमति बनेको छ ।
बिहीबार दिउँसोबाट सुरु भएको संचालक समितिको केहीबेरअघि सकिएको बैठकमा विवाद समाधान गर्ने र सहमतिका साथ अगाडि बढ्ने विषयमा सर्वसम्मतिले निर्णय भएको हो ।
बैठकमा सहभागी सबै संचालकहरुले प्रमुख कार्यकारी अधिकृतको रुपमा जनक शर्मा पौडेललाई नै निरन्तरता दिने निर्णय गरेका छन् । पौडेलको कार्यकाल अझै ३ वर्ष बाँकी नै छ । यो सहमतिसँगै पौडेलले निर्वाध रुपमा काम गर्ने र बैंकलाई अझै अगाडि बढाउने वातावरण पाएका छन् ।
शर्माले पनि संचालक समितिसमक्ष बैंकलाई अझ उत्कृष्ट ढंगले चलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
'हामी दुवै पक्षबाट बैंकलाई अझ बलियो बनाएर अगाडि बढाउने विषयमा सहमति बनेको छ ।' एक संचालकले बिजशालासँग भने-'विगतमा जस्तो अनावश्यक प्रोपोगाण्डा गर्दा बैंकलाई घाटै भएको र आगामी दिनमा यस्ता विषयमा सतर्कता अपनाउने र आपसी सहमतिमा बैंकलाई अगाडि बढाउने विषयमा संचालक र व्यवस्थापन सहमत बनेको छ ।'
केही दिनअघिदेखि संचालकहरुबीच विवाद हुँदा त्यसको कोपभाजनमा सीइओ शर्मा परेका थिए । निकै चरम बनेको विवाद समाधानका लागि नियामक नेपाल राष्ट्रबैंकले हस्तक्षेप नै गरेको थियो । संचालकहरुलाई बोलाएर सीइओलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक कुरामा लफडा नगर्न भन्दै राष्ट्रबैंकका अधिकारीहरुले निर्देशन दिएका थिए । जनताको अरबौं डिपोजिट रहेको बैंकभित्रको लफडा सार्वजनिक हुँदा गलत सन्देश गएको अनुभूत गर्दै बैठकमा संचालक र व्यवस्थापन पक्षले मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै अन्यौलमा रहेका कर्मचारी समेत उत्साहित बनेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago