काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) को राष्ट्रिय ध्वजावाहक हवाई सेवा प्रदायक कम्पनी इमिरेट्स एयरलाइन्सले सन् २०२१ को ग्रीष्मयामबाट आफ्ना सबै गन्तव्यमा उडान सुचारु गर्ने जनाएको छ। 

कम्पनीले उडानको संख्या भने ती गन्तव्यहरुको मागमा निर्भर हुने उल्लेख गरेको छ। कोरोना महामारीका कारण विश्वभरका देशहरुले आफ्नो सीमा नाकाहरु बन्द गरेका कारण इमिरेट्सले यतिबेला ८० वटा गन्तव्यहरुमा उडान भरिरहेको छ। कम्पनीले अर्काे वर्ष १४३ वटा सहरमा उडान भर्ने जनाएको छ। लामो यात्रा गर्ने इमिरेट्स विश्वकै सबैभन्दा ठूलो हवाई सेवा प्रदायक कम्पनी पनि हो। 

कम्पनीका चिफ अपरेटिङ अफिसरले अर्काे वर्ष कम्पनीले सतप्रतिशत गन्तव्यमा उडान सुरु गर्ने जानकारी दिएका छन्। कम्पनीले सतप्रतिशत हवाई उडान सुचारु गर्ने जनाए पनि अन्तर्राष्ट्रिय हवाई यातायात संगठनले अन्तर्राष्ट्रिय हवाई उडान कोरोनापूर्वको अवस्थामा पुग्न २०२४ सम्म कुर्नुपर्ने जनाएको छ। – एजेन्सी