काठमाण्डौ । अमेरीकाको केन्द्रीय बैंकले कोरोनाभाइरसका कारण खस्किएको अमेरिकी अर्थतन्त्रलाई जति नै समय लागे पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ । 

फेडेरल रिर्जभ (फेड)का अध्यक्ष जेरोमि पावेलले कोरोनाको दुुश्प्रभावबाट माथि उठ्न अमेरिकाले लामो यात्रा तय गर्नुु पर्ने र यो यात्राका दौरान बैंकले ब्याजदर शून्यको नजिक कायम गर्ने बताएका छन् । 

फेडले जारी गरेको प्रक्षेपणका अनुुसार बैंकको ब्याजदर सन् २०२२ को अन्तसम्मै कम रहनेछ । 

गत वर्षको डिसेम्बर महिनामा फेडका नीति निर्माताहरुले सन् २०२० मा अमेरिकाको अर्थतन्त्र २ प्रतिशतले वृद्धि हुुने र बेरोजगार दर ३.५ प्रतिशतको आसपास रहने अनुुमान लगाएका थिए । तर, कोरोनाको महामारीले यो अनुुमानलाई नाटकीय रुपमा पुुनर्विचार गर्न बाध्य पारिदिएको छ । 

महामारीका कारण अमेरिकामा मार्च र अप्रिल महिनामा मात्रै करीब २ करोड मानिसहरु बेरोजगार बनेका थिए । ओइसिडिले गत बुुधबार कोरोना महामारीले बितेको दशकै सबैभन्दा खराब मन्दी निम्त्याएको र यसका कारण विश्व अर्थतन्त्रमा ७.६ प्रतिशतको संकुुचन देखिने चेतावनी दिएको थियो । 

त्यस्तै फेडले बुुधबार नै जारी गरेको विज्ञप्तिमा यो वर्ष अमेरिकी अर्थतन्त्रमा ६.५ प्रतिशतको संकुुचन देखिने र बेरोजगारी दर पनि ९.३ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । 

फेडले ब्याजदर शून्यमा झार्नेे र अर्थतन्त्र लयमा नफर्किञ्जेलसम्म न्यूनदर नै कायम राख्ने प्रतिबद्धता जाहेर गरेको छ । यससँगै उसले बैंकहरुलाई निरन्तर रुपमा कर्जा प्रदान गर्न प्रोत्साहन दिन र बजारलाई कोल्याप्स हुुनबाट बचाउन देशको वित्तीय प्रणालीमा खरबौं डलर प्रवाह गर्नुुका साथै अमेरिकी ट्रेजरीहरु र अन्य सम्पत्तिहरु खरीद गरेको छ । साना तथा मझ्यौला व्यवसायिहरुलाई कर्जा प्रदान गर्न र कर्पाेरेट र म्युुनिसिपल ऋणपत्र खरीद गर्न फेडले नया कार्यक्रम समेत ल्याउने भएको छ । फेडको यो कदमको वासिङ्टनमा व्यापक प्रशंसा भइरहेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । 
-एजेन्सी