काठमाण्डौ । विश्व सेयर बजारमा यो दिन शुक्रबार सन् २०२३ को अन्तिम कारोबार हुँदैछ ।
अब आउने सोमबारदेखि अंग्रेजी नयाँ वर्ष २०२४ सुरु हुँदैछ ।विश्व बजारमा शनिबार र आइतबार कारोबार हुँदैन ।
यसर्थ विश्वबजार अन्तरगत यो दिन यूरोपियन बजारमा हरियाली छाएको छ । यो समाचार तयार पार्दासम्म जर्मनको ड्याक्स ४० अंकले सकारात्मक रहेर १६ हजार ७४० विन्दुमा कारोबार भएको छ ।
लण्डनको फुट्सी पनि १७ अंकले सकारात्मक रहेर ७ हजार ७३९ विन्दुमा कारोबार भएको छ । फ्रान्सको क्याक भने २४ अंकले सकारात्मक रहेर ७ हजार ५५९ मा बन्द भएको छ । उता इटालीको फुट्सी मिब् ११५ अंक सकारात्मकका साथ ३० हजार ४४६ विन्दुमा कारोबार बन्द भएको छ ।
त्यसैगरि, विश्वजारमा यो दिन विद्युतीय मुद्रा क्रिप्टोकरेन्सि(विट्क्वाइन) को मूल्य पनि बढेको छ । विट्क्वाइन प्रतिगोटा करिब ४०० डलरले बढेर ४३ हजार अमेरिकी डलर नजिक करोबार भएको छ । अन्य क्रिप्टोकरेन्सि इथेरियम, लाइट क्वाइनको भाउ पनि बढेको छ ।
अन्तरराष्ट्रिय बजारमा अघिल्लो साता बढोत्तरी आएको सुनको मूल्यमा भने यो दिन सामान्य करेक्सन आएको छ ।
विगतमा पनि अंग्रेजी नयाँ वर्षमा विश्व बजारमा सेयर बजार बढ्दा नेपालको बजारमा पनि त्यसको प्रभाव पर्ने गरेको थियो। यो हिसाबले आगामी दिनमा नेपालको सेयर बजार कता जाला भन्ने सबैको चासो रहेको छ। -एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19