काठमाण्डौ ।सन् २०२४ कार पारखीहरुका लागि विशेष हुने भएको छ ।

अर्को वर्ष विश्व कार बजारमा नयाँ, स्तरीय, सस्ता र महंगा सबै खालका कारहरु आउने तयारीमा छन् । तीमध्ये केहि कारहरु निम्नअनुसार छन् :
१.चेभ्रोलेट इक्वीनोक्स ईभी
बजारमा थुप्रै मात्रामा इलेक्ट्रिक एसयुभि उपलब्ध भएता पनि चेभी इक्वीनोक्स ईभीलाई यसको मूल्यले अन्यभन्दा विशेष बनाउने छ । यो कारको मूल्य करिब ३० हजार अमेरिकी डलरबाट सुरु हुने अपेक्षा छ । जसकाकारण इक्वीनोक्स ईभी तपाईले खरिद गर्न सक्ने सस्तो विद्युतीय सवारी साधन हुने छ । 
सन् २०२४ मा यो कारको ग्यास इन्जिनलाई ब्याट्री प्याकले प्रतिस्थापन गर्ने छ । इक्वीनोक्स पूर्णरुपमा फरक एसयुभि बन्ने छ । यसका साथै यसमा जनरल मोटर(जीएम),काडील्याक लिरिक र जीएमसि हम्मर ईभीको इन्जिनियरिङ देख्न सकिने छ । सुरुवाती मूल्यमा फुलचार्जमा २५० माइल कुद्ने फ्रन्ट ह्विल ड्राइभ भर्जन उपलब्ध हुने छ । यस्तै महंगा मूल्यमा भने अलह्विल ड्राइभ र लामो ड्राईभिङ रेञ्जका मोडलहरु उपलब्ध हुने छन् । 
२.भोल्भो एक्स ३०
भोल्भो मोडल,पिरयिड ग्यास र इलेक्ट्रिक मध्ये भोल्भोको यो भेरियन्ट सबैभन्दा सस्तो हुने छ । यसको सुरुवातीमूल्य ३५ हजार अमेरिकी डलर हुने प्रारम्भिक अनुमान छ । जुनमूल्य स्ट्रिप्ड डाउन सिंगल मोटर रियर ह्विल ड्राइभ भर्जनका लागि हुने छ । २७५ माइल रेन्जमा उपलब्ध हुने ईभीमा भोल्भो एक्स३० सबैभन्दा सस्तो ईभी बन्ने बन्ने छ ।

 
३.भक्सवागन आईडी.बज
भिडब्लु आईडी बज यूरोपमा पहिलेदेखि नै उपलब्ध छ । तर सन् २०२४ मा अमेरिकीहरुका लागि भने स्पेशल एक्ट्रा लार्ज भर्जनमा उपलब्ध हुने छ । जुन बढी स्पेश भएको रेट्रो स्टाइल भ्यान हुने छ र यसको तेस्रो लहरको सिटले कारमा ७ जना मानिस अट्ने छन् । यद्यपि यो कार ग्यासबाट चल्ने आफ्ना प्रतिष्प्रर्धिभन्दा अझै पनि केहि छोटो हुने छ । यो भेरियन्ट ३३० हर्सपावर जेनेरेट गर्ने इलेक्ट्रिक मोटरसहित अलह्विल ड्राइभ भर्जनमा उपलब्ध हुने छ । 

४.क्याडिल्याक सेलेस्टिक
जनरल मोटरले आफ्ना इलेक्ट्रिक कारहरुलाई सस्तो र सुलभ बनाउने क्रममा आफ्नो नयाँ भेरियन्ट क्याडिल्याक सेलेष्टिकलाई समेत यसमा समेटेको छ । यो कारको मूल्य करिब ३ लाख अमेरिकी डलर निर्धारण गरिएको छ । जुन मूल्य इक्वीनोक्स ईभीभन्दा १० गुणा सस्तो हो । यो कार उच्च रुपमा कस्टमाइज गरिनुका साथै ग्राहकहरुले विविध रङ र अप्सनमा पाउन सक्ने छन् । 


५.टोयोटा ल्याण्ड क्रुजर
३ वर्ष पश्चात टोयोटा ल्याण्ड क्रुजरले पुनःअमेरिकी बजारमा पुनरागमन गर्ने भएको छ । तर यसपटक भन्ने भिन्न रुपमा अमेरिकी बजारमा प्रवेश गर्ने कम्पनीको रणनीति छ । यस पटक यो कार जीप रेन्जर र अर्को क्लासिकफोर्ड ब्रोन्कोभन्दा भिन्न सानो रेट्रो एसयुभिमा आउँदै छ । 
आफ्नो क्लासिक लुकका बाबजुद यो कार ३२६ हर्सपावर जेनेरेट गर्ने इलेक्ट्रिक मोटर र ग्यास इन्जिनसहित हाईब्रिड मोडलमा उपलब्ध हुने छ । कम्पनीले यसको मूल्य ५५ हजार अमेरिकी डलरबाट सुरु हुने अनुमान छ । 

६. फेरारी पुरसानग्वे
७१५ हर्सपावर भी १२ इन्जिन भएको यो कारको मूल्य ४ हजार अमेरिकी डलरबाट सुरु हुने अनुमान छ ।

७. र्‍याम १५०० र्‍याम चार्जर
र्‍याम १५०० रेभ र र्‍यामचार्जर आगामी वर्षको अन्त्यतिर बिक्री वितरणमा आउनेछ । रेभ र्‍याम ब्राण्डको पहिलो पूर्ण इलेक्ट्रिक ट्रक हुनेछ र यो रिचार्ज गर्नु पूर्व ५०० माइल ड्राईभिङ रेञ्जमा उपलब्ध हुनेछ । 
र्‍याम १५०० र्‍यामचार्जर भने प्लगइन हाईब्रिड कार हो । तर यो अन्य प्लगइन हाईब्रिड सवारीभन्दा भिन्न छ । शक्तिशाली ब्याट्री र इलेक्ट्रिक मोटरका अतिरिक्त यसमा ६ वटा सिलेण्डर ग्यास इन्जिन रहेका छन् ।


८. होन्डा प्रोल्युग
होन्डा इलेक्ट्रिक कारको दौडमा अग्रस्थानमा छैन । तर पनि होन्डाले अमेरिकी बजारमा केहि इलेक्ट्रिक कारहरु उपलब्ध गराएको छ । प्रोल्युग होन्डाको पहिलो मेनस्ट्रिम ईभी मोडल बन्ने छ । यसको मूल्य ५० हजार अमेकरिकी डलरबाट सुरु हुने अनुमान गरिएको छ । 

-एजेन्सी