काठमाण्डौ । अमेरिकास्थित मल्टिनेशनल इन्भेष्टमेन्ट बैंक तथा फाइनान्स कम्पनी गोल्डम्यान स्याङ्स(Goldman Sachs)ले सन् २०७५ मा अमेरिकी अर्थतन्त्रलाई भारतीय अर्थतन्त्रले उछिन्ने प्रक्षेपण सार्वजनिक गरेको छ । 

वल्र्ड अफ स्टाटिस्टिक(world of statistics)का अनुसार सन् २०७५ मा भारतीय अर्थतन्त्रको आकार विश्वकै दोश्रो ठूलो हुनेछ । 

सबैभन्दा ठूलो अर्थतन्त्र चाहि चीनको हुनेछ । सो बेलासम्म चीनको अर्थतन्त्रको आकार ५७ ट्रिलियन डलरको हुने प्रक्षेपण गरिएको छ । 

दोश्रोमा भारतको ५२.५ ट्रिलियन डलरको अर्थतन्त्र बन्नेछ भने अमेरिकी अर्थतन्त्र तेश्रोमा सीमित हुनेछ । सो बेलासम्म अमेरिकी अर्थतन्त्रको आकार ५१.५ ट्रिलियन डलरको हुनेछ ।

त्यो बेलासम्म चौथो र पाँचौ ठूलो अर्थतन्त्र क्रमशः इण्डोनेशिया र नाइजेरियाको बन्नेछ । इण्डोनेशियाको १३.७ र नाइजेरियाका १३.१ ट्रिलियन डलरको इकोनोमी बन्ने प्रक्षेपण गरिएको छ । 

सो बेलासम्म पाकिस्तानको अर्थतन्त्र विश्वकै छैठौ ठूलो हुनेछ । त्यसबेलासम्म पाकिस्तानी अर्थतन्त्रको आकार  १२.३ ट्रिलियन डलरको बन्नेछ । 

सातौ नम्बरमा इजिप्टको अर्थतन्त्र हुनेछ । जसको आकार १०.४ ट्रिलियन डलर हुने प्रक्षेपण गरिएको छ । 

आठौं, नवौं र दशौंमा क्रमशः ब्रजिल ८.७ ट्रिलियन डलर, जर्मनी ८.१ र मेक्सिको ७.६ ट्रिलियन डलरको हुनेछ । 

बेलायतको इकोनोमीको आकार  ७.६ ट्रिलियन डलर हुनेछ र २०७५ मा यो देशको अर्थतन्त्र विश्वकै ११ औं स्थानमा हुनेछ । 

जापान ७.५ ट्रिलियन डलरसहित १२ औं, रसिया ६.९ ट्रिलियन डलरसहित १३ औं र फिलिपिन्स ६.६ ट्रिलियन डलरसहित १४ औं ठूलो अर्थतन्त्र बन्नेछन् । 

फ्रान्स ६.५ ट्रिलियन डलरसहित १५ औं ठूलो अर्थतन्त्र बन्नेछ ।

सूची :