काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्रावण ७ गते सोमबार टोखा नगरपालिका, वडा नं. २ स्थित सपनतिर्थ मन्दिर परिसरमा वृक्षारोपण गरेको छ ।

बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन टोखा नगरपालिका, प्रगतिशिल धारा सुधार समिति र सपनतिर्थ क्षेत्र विकास समितिसँगको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरे । 

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले वृक्षारोपण गरी कार्यक्रममा आफ्नो सक्रिय सहभागिता जनाएका थिए । 

बैंकले पूर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी  जम्मा १०६ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९७ वटा एटीएमहरु संचालनमा छन् ।