काठामाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा सपोर्ट माइक्राफाइनान्स वित्तीय संस्थाका नाफामा उच्च गिरावट आएको छ । माइक्रोफाइनान्स कम्पनीले आइतबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरणले १९ लाख ९५ हजार घाटामा गएको हो । गत वर्ष ३७ लाख ४४ हजार खुद नाफा आर्जन गरेको कम्पनीले यस वर्ष  १९ लाख ५५ हजार रुपैया घाटामा गएकाे हो । 


लघुवित्तको खुद ब्याज आम्दानी वृद्धि भए पनि सञ्चालन मुनाफामा उल्लेख्य कमी आएकाले खुद घाटामा गएकाे हो । गत वर्ष ३६ लाख ८५ हजार संचालन मुनाफा आर्जन गरेको कम्पनीले यस वर्ष १९ लाख ९५ हजार घाटामा पुगेकाे छ।

यसैगरी गत वर्ष १ करोड ५० लाख खुद ब्याज आम्दानी गरेको संस्थाले यस वर्षको पहिलो नौ महिनामा १ करोड ६७ लाख खुद  ब्याज अाम्दानी गर्न सफल भएकाे हाे । यो सूचकमा चाँहि कम्पनीले ९ दशमलव ८३ प्रतिशतले प्रगति गरेको छ । 


समीक्षा अवधिसम्म संस्थाले ३९ करोड १३ लाख कर्जा परिचालन गरेको छ भने ५ करोड ६८ लाख मात्र निक्षेप संकलन गरेको छ । 


समीक्षा अवधिमा कम्पनीको खराब कर्जाको अनुपात पनि उल्लेख्य रुपमा वृद्धि भएको देखिएको छ । गत वर्ष शून्य दशमलव १ प्रतिशतमा रहेको खराब कर्जा अनुपात यस वर्ष २ दशमलव ३९ प्रतिशत पुगेको छ । बैंक तथा वित्तीय संस्था जति कम खराब कर्जा भयो त्यति नै राम्रो मानिन्छ । प्रतिशेयर आम्दानीमा उल्लेख्य गिरावट आएर ४ दशमलव ४३ रुपैयाँ ऋणात्मक छ । मुल्य आम्दानी अुनपात ९३ रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १ सय २० दशमलव २७  रुपैयाँ रहेको छ ।


६० करोड चुक्ता पूँजी रहेको संस्थामा ९ लाख ९४ हजार रुपैयाँको मात्र जगेडा कोष छ ।