काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको प्रभाव सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडमा नराम्ररी परेको देखिएको छ। 

कोरोना प्रभावकै कारण गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा यो बैंकको खुद घाटा २ करोड ७७ लाख रुपैयाँ बढी देखिएको छ। जब अघिल्लो वर्षको यही अवधिमा बैंकले ४ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

बुधबार सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म भने बैंकको खुद नाफा ३ करोड २९ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा ४९.६७ प्रतिशतले घटी हो। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा ६ करोड ५४ लाख रुपैयाँ रहेको थियो। 

चौथो त्रैमाससम्म यो बैंकको वितरणयोग्य मुनाफा १ करोड ३० लाख रुपैयाँ रहेको छ। 

समीक्षा अवधिसम्म बैंकले सञ्चालन मुनाफाबापत ४ करोड ६४ लााख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म सञ्चालन मुनाफा ७ करोड ३२ लाख रुपैयाँ रहेको थियो। 

बैंकले खुद ब्याज आम्दानीबापत २१ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १६ करोड १२ लाख रुपैयाँ रहेको थियो। यो हिसाबले बैंकको खुद ब्याज आम्दानी ३६.२१ प्रतिशतले बढेको छ।

बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

बैंकको रिजर्भको आकार ५.०७ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष ८ करोड ९९ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ९ करोड ४४ लाख रुपैयाँ जम्मा भएको छ। 

समीक्षा अवधिमा बैंकको आधार दर ११.०४ प्रतिशत रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिमा १२.२२ प्रतिशत रहेको थियो। 

खराब कर्जाको अनुपात पनि घटेको छ। अघिल्लो वर्ष २.२० प्रतिशत रहेको यस्तो कर्जाको अनुपात यो वर्ष घटेर १.६५ प्रतिशतमा सीमित बनेका छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३.९५ रुपैयाँ रहेको छ। पीई रेसियो भने ३०.३९ गुणा रहेको छ। प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५६५.१७.१४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११३.२८ रुपैयाँ रहेको छ।