काठमाण्डौ । विश्वको सबैभन्दा धेरै सुनको भण्डार कुन देशमा छ ? तपाइँ पनि गुगलमा यो प्रश्नको जबाफ खोज्दै हुनुहन्छ यो समाचार तपाइँका लागि उपयोगी हुन सक्छ। यहाँ हामी विश्वका १० यस्ता देशका बारेमा जानकारी दिन गइरहेका छौँ, जसको सरकारी खजानामा सबैभन्दा बढी सुनको भण्डार छ।
हालै वर्ल्ड अफ स्ट्याटिक्सको एउटा प्रतिवेदन बाहिर आएको छ। प्रतिवेदनमा विश्वका १० यस्ता देशको उल्लेख गरिएको छ, जहाँ सबैभन्दा बढी सुनको भण्डार छ।
यस्ता छन् सबैभन्दा धेरै सुनको भण्डार भएका देश
- अमेरिकामा सुनको सबैभन्दा ठूलो भण्डार छ। सुनको भण्डार भएका देशहरूको सूचीमा अमेरिकाको नाम पहिलो नम्बरमा आउँछ। अमेरिकासँग ८ हजार १३३ टन सुन छ।
- सबैभन्दा धेरै सुनको भण्डारको हिसाबले अमेरिकापछि जर्मनीको नम्बर आउँछ। यो सूचीमा जर्मनीको नाम दोस्रो स्थानमा छ। जर्मनीसँग ३ हजार ३५५ टन सुन छ।
- सूचीमा तेस्रो नम्बरमा इटालीको नाम आउँछ। अमेरिका र जर्मनीपछि इटालीमा सबैभन्दा बढी सुनको भण्डार छ। जर्मनीसँग २ हजार ४५२ टन सुन छ।
- फ्रान्सको नाम सूचीमा चौथो नम्बरमा छ। फ्रान्समा इटालीपछि दोस्रो ठूलो सुनको भण्डार छ। फ्रान्ससँग २ हजार ४३७ टन सुन छ।
- सुनको भण्डारको हिसाबले फ्रान्सपछि रुसको नम्बर आउँछ। यस सूचीमा पाँचौँ नम्बरमा रहेको रुससँग २ हजार ३३० टन सुन रहेको छ।
- सूचीमा छैटौँ नम्बरमा रुसपछि चीनको नाम आउँछ। २ हजार ११३ टन सुन रहेको छ।
- स्विट्जरल्यान्डको नाम सूचीमा सातौँ नम्बरमा छ। त्यहाँ १ हजार ४० टन सुन छ।
- सूचीमा आठौँ नम्बरमा जापानको नाम आउँछ। जापानमा ८४६ टन सुन छ।
- सूचीमा भारतको नाम नौँ नम्बरमा आउँछ। भारत सरकारको कोषमा ७९७ टन सुनको भण्डार छ।
- सूचीको दसौँ स्थानमा नेदरल्यान्ड रहेको छ। त्यहाँ ६१२ टन सुन रहेको छ। –एजेन्सी