काठमाण्डौ । साताको दोस्रो दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ ।
नेप्से परिसूचक २१.३० अंकले बढेर १ हजार ८४७ विन्दुमा कायम भएको छ । राम्रा कम्पनीहरुको समूह सेन्सेटिभ इन्डेक्स समेत ०.९४ प्रतिशतले बृद्धि भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका सब–इन्डेक्सहरु लाइफ इन्स्योरेन्स इन्डेक्स १.१९ प्रतिशत र नन–लाइफ इन्डेक्स २.३६ प्रतिशतले बृद्धि भएको छ ।
बजार बढ्दा आज सबै बीमा कम्पनीका सेयर उचालिएका छन् । बीमा कम्पनीहरुमध्ये आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।
कम्पनीको सेयरभाउ ९.९३ प्रतिशत अर्थात् ६८ रुपैयाँले बढेर ७५३ रुपैयाँमा कायम हुन पुगेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको सेयरभाउ ४.३९ प्रतिशतले बृद्धि भई ६२१ रुपैयाँ १० पैसा पुगेको छ ।
साथै युनाइटेड अजोड इन्स्योरेन्सको ३.४४ प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २.७९ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सको २.६१ प्रतिशत, शिखर इन्स्योरेन्सको २.३८ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.३५ प्रतिशतले बृद्धि भएको छ।
यसैगरी, सानिमा रिलायन्स लाइफको २.२४ प्रतिशत, सन नेपाल लाइफको २.१९ प्रतिशत, सूर्यज्योति लाइफको १.९२ प्रतिशत, सिटिजन लाइफको १.५१ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.४९ प्रतिशत, सलिकोको १.४१ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, नेपाल लाइफको १.२७ प्रतिशत, हिमालयन लाइफको १.१८ प्रतिशत, रिलायबल नेपाल लाइफको १.१७ प्रतिशत, एलआइसी नेपालको १.०७ प्रतिशत, आइएमई लाइफको १.०६ प्रतिशतले भाउ बढेको छ।
त्यसैगरी, एशियन लाइफको ०.९८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४६ प्रतिशत र नेशनल लाइफको ०.१७ प्रतिशतले सेयरभाउ बढेको छ ।
त्यस्तै, आज सर्वाधिक कारोबार हुने बीमा कम्पनीमा भने नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको आज एकैदिन १ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago