काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ ।

अघिल्लो कारोबार दिन सोमबार १५ अंकले घटेको नेप्से परिसूचक यो दिन ३६.८६ अंकले बढेर १ हजार ९८५.४४ विन्दुमा उक्लेको छ ।
यो दिन नेप्से इन्डेक्ससँगै कारोबार रकमसमेत बढेको छ । सेयरबजारमा यो दिन २९७ वटा कम्पनीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३० करोडमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । बीमा समूहका दुई वटै इक्डेक्स बृद्धि भएका छन् । जीवन बीमा उपसमूह ३.०५ प्रतिशत र निर्जीवन बीमा उपसमूह २.३८ प्रतिशतले बृद्धि भएको छ । 

आज बीमा कम्पनीहरुमा सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ ६.०९ प्रतिशत अर्थात् ३१.३० रुपैयाँले बढेर सेयरभाउ ५४५ रुपैयाँ पुगेको छ । 

त्यस्तै, सिटिजन लाइफको ५.८३ प्रतिशत, हिमालयन लाइफको ५.३० प्रतिशत, नेशनल लाइफको ४.५५ प्रतिशत, सानिमा जिआइसीको ४.४९ प्रतिशत, रिलायबल नेपाल लाइफको ४.३१ प्रतिशत, एसियन लाइफको ४.०३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ३.९० प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३.८५ प्रतिशतले सेयरभाउ बढेको छ । 

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.५८ प्रतिशत, एनएलजीको ३.४६ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.९२ प्रतिशत, सलिकोको २.७८ प्रतिशत, नेपाल रिइन्स्योरेन्सको २.६५ प्रतिशत, आइएमई लाइफको २.६१ प्रतिशत, नेको इन्स्योरेन्सको १.९२ प्रतिशत, एलआइसी नेपालको १.३८ प्रतिशतले सेयरभाउ बढेको छ । 

यसैगरी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.११ प्रतिशत, नेपाल लाइफको १.०४ प्रतिशत, शिखरको ०.६५ प्रतिशत, सूर्यज्योति लाइफको ०.५५ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.३४ प्रतिशतले सेयरभाउ बढेको छ । 

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा ६ वटा जीवन बीमा कम्पनी परेका छन् । सर्वाधिक रिलायबल नेपाल लाइफको १४ करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सिटिजन लाइफको ११ करोड ४ लाख, हिमालयन लाइफको ९ करोड २७ लाख, सानिमा रिलायन्स लाइफको ९ करोड २९ लाख, सन नेपाल लाइफको ८ करोड ९७ लाख र आइएमई लाइफको ८ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।