काठमाण्डौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ ।

नेप्से परिसूचक ५४.५४ अंकले बृद्धि भई २१७५ विन्दुमा पुगेको छ ।सेयरबजारमा दुई वर्षयताकै उच्च कारोबार भएको छ । नेप्सेमा सूचीकृत ३०४ वटा कम्पनीको २ अर्ब ३३ करोड ७० लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब २ करोडमाथिको कारोबार भएको छ । 
 

नेप्सेमा रहेका सबै उपसमूहमा आज हरियाली छाएको छ । बीमा समूहका दुई वटै उपसमूह बृद्धि भएका छन् । जीवन बीमा इन्डेक्स १.७८ प्रतिशत र निर्जीवन बीमा इन्डेक्स १.९२ प्रतिशतले बृद्धि भएको छ । 
 

बीमा कम्पनीहरुमा सर्वाधिक हिमालयन रिइन्स्योरेन्सको सेयरभाउ बढेको छ । कम्पनीको सेयरभाउ आज ९.९८ प्रतिशतले बृद्धि भई ५४७ रुपैयाँ ५० पैसा पुगेको छ । 
 

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको ७.२६ प्रतिशत, रिलायबल नेपाललाइफको ४.२४ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.५४ प्रतिशत, नेपाल रिइन्स्योरेन्सको २.६६ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.५८ प्रतिशतले सेयरभाउ बढेको छ । 

त्यस्तै सिटिजन लाइफको २.३७प्रतिशत, हिमालयन लाइफको २.३६ प्रतिशत, सन नेपाल लाइफको २.३४ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.१५ प्रतिशत र प्रभु इन्स्योरेन्सको १.९८ प्रतिशतले सेयरभाउ बढेको छ । 
 

यसका साथै एनएलजी इन्स्योरेन्सको १.८२ प्रतिशत, नेशनल लाइफको १.८१ प्रतिशत, आइएमई लाइफको १.८० प्रतिशत, सानिमा रिलायन्स लाइफको १.६९ प्रतिशत, सूर्यज्योति लाइफको १.६७प्रतिशत, प्रभु महालक्ष्मीलाइफको १.२४ प्रतिशत, एशियन लाइफको १.१५ प्रतिशतले बृद्धि भएको छ । 
 

त्यस्तै, नेपाल लाइफको १.०७ प्रतिशत, शिखर इन्स्योरेन्सको १.०६ प्रतितश, एलआईसी नेपालको १.०५ प्रतिशत, सलिकोको ०.८४ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.८० प्रतिशत र नेको इन्स्योरेन्सको ०.५९ प्रतिशतले बृद्धि भएको छ । 
 

सेयरभाउ बढेसँगै यो दिन बीमा कम्पनीहरु मध्ये सर्वाधिक रिलायबल नेपाल लाइफको कारोबार भएको छ ।

कम्पनीको आज एकैदिन १३ करोड ३१ लाख रुपैयाँमाथिको खरिदबिक्री भएको छ ।