काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी १९ करोड ११ लाख १६ हजार ८०० रुपैयाँको कुल २६.३२ प्रतिशतले हुन आउने ५ करोड २ लाख ९३ हजार ८९५ रुपैयाँबराबर लाभांश वितरणको प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ३ करोड ८२ लाख २३ हजार ३६० रुपैयाँबराबरको बोनस सेयर रहेको छ। त्यस्तै ६.३२ प्रतिशतले हुन आउने १ करोड २० लाख ७० हजार ५३५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ। 

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।