काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७\७८ का लाभांश प्रस्ताव गरेको छ।

संस्थाको आज दिउँसो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र बार्गेन पर्चेज गेनबाट कुल चुक्तापुँजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँको कुल २५ प्रतिशतले हुन आउने ७ करोड १४ लाख ५ हजार ४० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने बोनस सेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयन गरिने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ।