काठमाण्डौ । आपसमा मर्जर हुने अन्तिम सम्झौता पारित गर्न समाज लघुवित्त र स्वस्तिक लघुवित्त वित्तीय संस्थाले एकैदिन विशेष साधारणसभा डोकेका छन्।
दुवै लघुवित्तले आउँदो जेठ ११ गरे विशेष साधारणसभा डाकेका हुन्। समाज लघुवित्तको साधारणसभा सर्लाहीको मलंगवास्थित जानकी फेमली होटेल तथा लज र स्वस्तिक लघुवित्तको सिरहाको लहानस्थित होटेल नेमानमा दिउँसो २ बजेबाट सुरु हुनेछ।
दुवै लघुवित्तको सभा प्रस्तुत गरिने मुख्य अजेन्डा मर्जर सम्झौतालाई अन्तिम सहमति दिने नै रहेको छ। यी दुवै सभाले मर्जर सम्झौतालाई अनुमोदन गर्नेछ।
यी दुवै लघुवित्त आपसमा १ः१ सेयर स्वाप रेसियोमा मर्जरमा जाने भएका छन्। संस्थाले मर्जरपछि स्वस्तिक समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्नेछन्।
मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय भनेर सिरहाको लहानमा रहनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19