काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आज अन्तिम दिन आवेदनको बाढी लागेको छ । 

आज अन्तिम दिन यो कम्पनीको आइपीओमा मागभन्दा  १४८.५६ गुणा हाराहारी आवेदन परेको छ । हिजो सोमबार भने यो कम्पनीमा १२७.१० गुणा आवेदन परेको थियो ।

सिडिएससीका अनुसार यो कम्पनीको आइपीओमा सोमबार (आज) साँझ ५ बजेसम्म ५ लाख ६४ हजार १३८ आवेदनबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता खरिदका लागि आवेदन परेको हो ।
 
यो कम्पनीले आफ्ना कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर सर्वसाधारणका लागि ८० हजार ७०० कित्ता आइपीओ निश्कासन गरेको हो । 
संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ८६ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। संस्थाले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत सेयर कर्मचारीका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ८० हजार ७०० कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।