काठमाण्डौ । पत्रिकामा गलत सूचना प्रकाशित भएको विषयमा समृद्धि फाइनान्स लिमिटेडले क्षमा मागेको छ।
आज एउटा आर्थिक दैनिक पत्रिकामा समृद्धि फाइनान्सको १९ औँ वार्षिक साधारणसभा हुनेसम्बन्धी सूचना प्रकाशित भएको थियो। जब कि यो फाइनान्सको १९ औँ वार्षिक साधारणसभा गत पुस २९ गते नै सम्पन्न भइसकेको छ।
यस्तो अवस्थामा सरोकारवालहरुमा पर्न गएको असुविधाप्रति समृद्धि फाइनान्सले क्षमा मागेको हो। कम्पनीले पत्रिकामा वार्षिक साधारणसभाको निर्णय पुस्तिका (माइन्युट) सम्बन्धी विवरण प्रकाशन गर्नुपर्नेमा भुलवश वार्षिक साधारणसभा आयोजना हुनेसम्बन्धी सूचना प्रकाशित भएको थियो। यो गम्भीर त्रुटिका विषयमा छानबिन गर्ने र पुनः सूचना प्रकाशित गरिने कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19