काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिमा ३ करोड १४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २६ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो त्रैमासमा कम्पनीलाई ३ करोड ६५ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष यस्तो घाटा ५७ लाख २५ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले २ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ करोड ५ लाख रुपैयाँमा सीमित थियो।
पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
चुक्तापुँजी ७४ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार १५.८५ प्रतिशतले बढेर १८ करोड २६ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १५ करोड ६६ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको खराब कर्जाको अनुपात (एनपीएल) बढेर ६.०१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ४.५८ प्रतिशत थियो। सीडी रेसियो ८८.६९ प्रतिशत रहेको कम्पनीको आधारदर १४.३८ प्रतिशत छ।
कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १६.९६ रुपैयाँले ऋणात्मक भएको छ। अघिल्लो वर्ष ईपीएस १.९४ रुपैयाँ रहेको थियो। पीई रेसियो पनि १४.५१ गुणा ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ७८.५७ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19